The Leader यो राष्ट्रको सेवक
नेता यसरी जन्मिन्छ वा यसरी जन्माइनु पर्छ भन्ने धेरै सिद्धान्त होलान् । तर, जति सिद्धान्त फलाके पनि अपवादमा समाजलाई आश्चर्य चकित पार्दै नेता जन्मिएका छन् । यो भयो सैद्धान्तिक कुरा ।
लौ ! टेलिभिजन कार्यक्रमबाट गजबको नेता जन्मियो रे, हाम्रो के बिग्रिन्छ ? लौ ! जन्मिएन रे, त्यसमा नि हाम्रो के बिग्रिन्छ ? तर, टेलिभिजनमा कानुनी प्रक्रियाबाट एउटा कार्यक्रम चल्ला, आर्थिक उपार्जन होला । यस्तै फरक फरक कुरा टिभीमा आउलान् । रमाइलो होला । यो भयो व्यबहारिक कुरा ।
कार्यक्रमका निर्णायकहरु भेटघाट भइराख्लान् । मिल्लान् । र, सबै मिलेर निर्णायकहरुले एउटै पार्टी बनाउलान् । यो भयो सम्भावनाको कुरा ।
कार्यक्रमबाट नेता जन्मिहाल्यो । केपीलाई हटाएर प्रधानमन्त्री भइहाल्ने भयो । कांग्रेसको पत्तासाफ पार्ने भयो । यस्ता वा अन्य सोचाइले कार्यक्रमको बिरोध गरिहाल्नु चै कुन कुरा हो ?
Comments
Post a Comment